काठमाडौं । दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरि बुढामगरलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्मान गरेका छन् ।
अध्यक्ष तिमिल्सिनाले सिंहदरबारमा बुधबार कीर्तिमानी आरोही बुढामगरसहितको टोलीलाई सम्मान गरेका हुन् ।
ब्रिटिश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा गुमाएका मगर यही जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा पुगेका थिए।
हरिले यो आरोहणसँगै सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडामाथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् ।
Leave a Reply