काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतोले नेपालमा उत्पादन हुने जडिबुटी विदेश पठाउन सहज बनाउने बताएका छन् ।
बुधबार शितल निवासमा पद तथा गोपनियताको सपथ लिएपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै मन्त्री महतोले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
मन्त्री महतोे भने, जडीबुटी जुन हाम्रो स्वदेशी उत्पादन छ, त्यसलाई निर्यात गर्न सहज भूमिका खेलिदिने र उत्पादनलाई प्रोत्साहन गर्ने पहिलो प्राथमिकता हुनेछ ।
उनले आफू मन्त्रालयमा रहुन्जेलसम्म भ्रष्टाचार हुन नदिने र कुनै प्रलोभनमा परेर काम नगर्ने दाबी गर्दै वन मन्त्रालयमा अल्झिएका प्रक्रियाहरुलाई सहजीकरण गर्ने कुरामा आफ्नो ध्यान रहने बताए ।
Leave a Reply