Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपा अध्यक्ष उपेन्द्र यादवले भने - संघीयताको संरचना नै त्रुटिपूर्ण छ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नीति तथा कार्यक्रमले संघीयताविरोधी भाव बोकेको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद यादवले यस्तो बताएका हुन् ।

सांसद यादवले भने, '१७ ठाउँभन्दा बढि ठाउँमा प्रदेश र स्थानीय सरकारलाई केन्द्र सरकारले नियन्त्रण गर्ने र दिनेजस्तो खोजिएको छ। यो भनेको संघीयताको मूल मर्म र भावना विपरित हो। प्रदेशहरू संघका पार्टनर हुन् इकाइ होइनन् ।संघीय प्रणालीमा यो कुरा हेर्दाखेरी संघीयता विरोधी भावना बोक्ने काम गरेको छ। बुँदा ११ मा संघीयताको कार्यान्वयन गर्ने भनेको छ। संघीयताको संरचना नै त्रुटिपूर्ण रहेको छ। यसलाई सुधार गर्ने कि नगर्ने ?'

संघीय सरकारले प्रदेश र स्थानीय तहका अधिकार आफूसँगै राखेको सांसद यादवको भनाई छ । यादवले संघीयताको संरचना नै त्रुटिपूर्ण रहेको भन्दै यसलाई सुधार गर्ने कि नगर्ने ? भन्दै सरकारलाई प्रश्न गरे।

उनले प्रदेशहरूको नामाकरण खोलानाला खोल्साबाट राखिएको भन्दै त्यसलाई ऐतिहासिक पृष्टभूमि र पहिचानका आधारमा राख्न माग गरे। सांसद यादवले संविधानको अनुसूचीमा राखिएका अधिकारहरू प्रदेश सरकारले प्रयोग गर्न नपाएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077