Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरी अनुसन्धानमाथि पोखरेलको टिप्पणी - चोरले काँक्रा खाएर बियाँ अरुको मुखमा टाँसिदिएजस्तो

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाएका छन् ।

शरणार्थी प्रकरणमा मुख्य योजनाकार केशव दुलालले बयानमा एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिवहरूको नाम लिएपछि पोखरेलले सत्तास्वार्थका लागि लज्जास्पद नाटक गरिएको टिप्पणी गरेका हुन् ।

उनले प्रहरी प्रमुख नै नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिने सम्भावना देखिएपछि महासचिव पोखरेलले दोषी आफू भए पनि अरुलाई लगाउने प्रयास भइरहेको बताए ।

“कांक्राचोरले कांक्रा आफूले खाएर विया सोझा गाउँले किसानको अनुहारमा टाँसिदिएर चोरको आरोप लगाएजस्तो बनाइएछ, नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान,” उनी सामाजिक सञ्जालमा लेख्छन्, “सत्तास्वार्थका लागि गरिएको यो लज्जास्पद नाटकको एक दिन पटाक्षेप हुनेनै छ ।”

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077