काठमाडौं । सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को नियमित बैठकले उक्त निर्णय गरेको हो ।
२०३१ सालदेखि मनाउन थालिएको शिक्षा दिवस पहिले फागुन १२ गते मनाइन्थ्यो ।
०६२-०६३ को परिवर्तनपछि अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर सेप्टेम्बर ८ मा मनाउने गरिएको थियो ।
अब भने औपचारिक रुपमा यसै वर्षदेखि लागू हुनेगरि असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाइने भएको हो ।
Leave a Reply