Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्री प्रचण्डले दिए बधाई

    कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्री प्रचण्डले दिए बधाई

    अनलाइन नेपाल
  • मंगलबार, ९ जेष्ठ २०८०
  • 513
    SHARES

    काठमाडौं । दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरि बुढामगरलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले मगरलाई आज सिंहदरबारमा भेटेर बधाई दिएका हुन्।



    यस्तै मंगलबार मगरलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलमा नै पुगेर भव्य स्वागत गरेका थिए।



    ब्रिटिश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा गुमाएका मगर यही जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा पुगेका थिए।

    हरिले यो आरोहणसँगै सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडामाथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार