Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमती प्रदेशसभा बैठकमा प्रि-बजेटबारे छलफल

हेटौंडा । बागमती प्रदेशसभामा प्रि-बजेटबारे छलफल सुरु भएको छ ।

आज मंगलबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले विनियोजन विधेयक सिद्धान्त र प्राथमिकतासम्बन्धी ९कर प्रस्तावबाहेक० प्रस्ताव प्रस्तुत गरेका छन् ।

मन्त्री लामाले उद्यम प्रवर्द्धनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने, औद्योगिक पूर्वाधारमा लगानी गर्ने, उद्योग ग्राम सञ्चालन गर्ने, समावेशी र सन्तुलित विकास जस्ता सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् ।

विनियोजन विधेयकमाथि सांसदहरूले बुधबार बिहान ११ बजे बस्ने बैठकमा आफ्नो धारणा राख्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077