Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • पहिलो भ्रमणको निम्तो चीनबाटै आएको थियो, कुन देशको भ्रमण गर्ने बाध्यता छैन : प्रधानमन्त्री प्रचण्ड

    पहिलो भ्रमणको निम्तो चीनबाटै आएको थियो, कुन देशको भ्रमण गर्ने बाध्यता छैन : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, ९ जेष्ठ २०८०
  • 612
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन भ्रमणको निम्तो आएपनि उक्त भ्रमण आफ्नो कारणले नरोकिएको बताएका छन् ।

    मंगलबार राष्ट्रियसभामा सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे सांसद्‍ले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री नियुक्त भएपछि पहिलो विदेश भ्रमण भारतबाटै गर्नुपर्ने कुनै बाध्यता नभएको प्रष्ट्याए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘ राष्ट्रपति, उपराष्ट्रपति चुनावको दबाव, यहाँ गठबन्धन बन्ने र भत्किने प्रक्रिया देखेपछि सरकारको अफ्यारोलाई बुझेर चिनियाँ राजदूतले नै तपाईं बोवाओ फोरममा जान सम्भव देखिराखेका छैनौं हामीले । अलि पछि गरौं कि क्या हो चीन भ्रमण भनेपछि मैले उहाँलाई तपाईले यहाँको मर्का बुझिदिनुभयो, धन्यवाद भनेको मात्र हो ।’

    प्रधानमन्त्री प्रचण्डले भारतसँग भूगोल, अर्थतन्त्र, खुला सिमाना सबै कारणले पनि धेरै महत्व र विशिष्टता भएको बताए । प्रधानमन्त्रीले पहिले भारत भ्रमण गर्ने वा चीन भन्ने कुनै संवैधानिक र कानुनी बाध्यता नभएको भन्दै प्रधानमन्त्री प्रचण्डले समय र परिस्थिति अनुसार सरकारले निर्णय गर्ने बताए ।

    आफू पहिलो पटक प्रधानमन्त्री हुँदा पहिले चीन भ्रमण गरेको भन्द्रै प्रचण्डले भूगोल, अर्थतन्त्र, खुला सीमाना, जनसम्बन्धको महत्व आदि कारणले भारतसँग विशिष्ट सम्बन्ध रहेको पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार