काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद विस्तार गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
जसपाबाट वीरेन्द्र कुमार महतो वनमन्त्री र प्रमिला कुमारी शिक्षा राज्यमन्त्री बनेका छन् ।
राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरेर कार्यभार तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
Leave a Reply