Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महानगरले हटायो सिंहदरबार अगाडिका अवैध संरचना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सिहंदरबार अगाडि रहेका अवैध संरचना हटाएको छ ।

महानगरले राष्ट्रिय वाणिज्य बैंकदेखि नेपाल टेलिकम केन्द्रीय कार्यालय वरिपरिका अवैध संरचना तथा अव्यवस्थित फोहरमैला हटाएको हो ।

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार तीन दिन अगाडिदेखि भवन वरिपरिका अव्यवस्थित फोहरमैला हटाउन माइकिङ गरेपनि नहटाईएपछि मंगलबार महानगरले विशेष सरसफाइ अभियान सञ्चालन गरेको हो ।

महानगरले सिंहदरबारको पश्चिमगेट अगाडि पुलमुनि रहेका रेष्टुराँलगायतले निर्माण गरेका अवैध संरचना समेत हटाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077