Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयकबारे गोलमटोल नीति लिए : मञ्जु अन्सारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)की सांसद मञ्जु शर्मा अन्सारीले सरकारलाई जतिसक्दो छिटो नागरिकता विधेयक ल्याउन आग्रह गरेकी छिन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद अन्सारीले जन्मका आधारमा नागरिकता लिएकाका सन्तानलाई नागरिकता दिलाउनुपर्ने माग गरेकी हुन् ।

सांसद अन्सारीले भनिन्, ‘अस्ति प्रधानमन्त्रीको जवाफ बोली जुन सुनियो त्यसमा गोलमोटल जस्तो लाग्यो । नेपालमा जन्मिएर पनि नागरिक हुन नसकेको/नपाएको कस्तो बिडम्बना हो यो देशमा ?’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकबारे गोलमोटल नीति लिएको आरोप लगाएकी छन् ।

नागरिकता बिना गोडा समेत सार्न अप्ठ्यारो हुने अवस्था रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराईन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077