कास्की । पोखरामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको भने एक घाइते भएका छन् ।
मंगलबार बिहान भएको दुर्घटनामा घाइते मोटरसाइकलमा सवार काठमाडौं कपनका १८ वर्षीय सफल खतिवडाको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार चालक तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बस्ने १७ वर्षीय संगम बानियाँको टाउको र घाँटीमा चोट लागेको छ ।
पोखरा महानगरपालिका–६ खहरेचोकस्थित हल्लनचोकबाट गैह्राको चौतारातर्फ जाँदै गरेको ग२४प ३१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको छेउमा रहेको बिजुलीको खम्बामा ठोक्किएको थियो ।