Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आचरणविपरीत काम गर्ने सशस्त्रका इन्सपेक्टर कारबाहीमा, तीन वर्ष बढुवा रोक्का

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले आचरणविपरीत काम गर्ने सशस्त्र प्रहरी निरीक्षकलाई कारबाही गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण रौतहटमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्कालाई तीन वर्ष बढुवा रोक्का हुने गरी कारबाही गरिएको हो ।

उनलाई २०८० जेठ ८ गतेदेखि लागू हुने गरी तीन वर्ष बढुवा रोक्काको कारबाही गरिएको सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले जनाएको छ ।

उनलाई सशस्त्र प्रहरी नियमावली २०७२ को परिच्छेद १३को नियम ११२ को उपनियम (१) को खण्ड (ख) अनुसारको कसुरमा ऐ. नियमावलीको नियम ११५ को उपनियम (१) को देहाय (६) (ख) ले दिएको अधिकार प्रयोग गरी ऐ. नियमावलीको नियम ११० को खण्ड (क) (५) बमोजिम कारबाही गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077