Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • ओलीलाई सापकोटाको व्यंग्यात्मक जवाफ– बाघ बुढो भएपछि फट्याङ्ग्रा टिप्न थाल्छ

    ओलीलाई सापकोटाको व्यंग्यात्मक जवाफ– बाघ बुढो भएपछि फट्याङ्ग्रा टिप्न थाल्छ

    अनलाइन नेपाल
  • सोमबार, ८ जेष्ठ २०८०
  • 693
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् सांसद माधवप्रसाद सापकोटा ‘सुवोध’ले बाघ बुढो भएपछि फट्यांग्रा टिप्ने टिप्पणी गरेका छन् ।

    सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बोल्दै सापकोटाले एमाले अध्यक्ष केपी ओलीमाथि व्यंग्य गरेका हुन् ।



    आइतबार ओलीले प्रतिनिधिसभा बैठकमा आफूलाई गाली गर्नकै लागि मात्र भुटानी शरणार्थी प्रकरणमा मुछ्न खोजिएको भन्दै बाघले घाँस नखाने बताएका थिए। त्यसैको प्रत्युत्तरमा माओवादी सांसदले यस्तो जवाफ दिएका हुन्।



    सांसद सापकोटाले भने, ‘उहाँले बाघ बुढो भए पनि घाँस खाँदैन भन्नुभयो। मेरा हजुरबाले भन्नुहुन्थ्यो मेरो कानमा, उहाँ (ओली) ले त्यो भन्दै गर्दा गुन्जियो– तन्नेरी छँदा बाघले घाँस खाँदैन। तर, बाघ बुढो भएपछि फट्यांग्रा टिप्न थाल्छ।’

    कतै प्रतिपक्ष दलका नेता ओली पनि फट्याङ्ग्रा टिप्न थालेका हुन् ? भन्दै सापकोटाले प्रश्न समेत गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार