Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजेन्द्र लिङ्देन भने- नीति कार्यक्रम पुनर्लेखन नगरी हुँदैन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याएको नीति कार्यक्रमले देशको आर्थिक अवस्थालाई सम्बोधन गर्न नसक्ने भन्दै पुनर्लेखन गर्नैपर्ने बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफललमा सहभागी हुँदै उनले प्रस्तुत नीति तथा कार्यक्रम पुनर्लेखन गर्न हिच्किचाउन नहुने बताएका हुन् ।

सरकारलाई नीति तथा कार्यक्रम पुनर्लेखन गरेर ल्याउन सुझाव दिँदै उनले विनाअध्ययन कार्यक्रम समावेश गरिएको बताए ।

साथै अध्यक्ष लिङ्देनले भ्रष्टाचारविरुद्धको अभियानका लागि आयोग गठन गरेर सबैको आयोग बनाएर सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077