काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सोमबार बिसौं चरणका दुई खेल हुँदैछन् ।
जसमा एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा हुनेछन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउसो ३ बजे सुरु हुने खेलमा त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लब भिड्नेछन् ।
सोही समयमा च्यासल मैदानमा शीर्ष स्थानको चर्च ब्वाइज युनाईटेडले हिमालयन शेर्पा क्लबको सामना गर्नेछ ।
चर्च ब्वाइज १९ खेलमा ३६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने हिमालयन १९ खेलमा २५ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
आर्मी १९ खेलमा २६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । फ्रेन्ड्स १९ खेलमा २१ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
Leave a Reply