Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्यूठानमा आगलागीबाट ११ घर जलेर नष्ट, तीनजना घाइते

प्यूठान । प्यूठानमा आगलागीले ११ घर जलेर नष्ट भएका छन् ।

आइतबार राति धाइरेनी सामुदायिक वनको डढेलो बस्तीमा पस्दा स्वर्गद्वारी नगरपालिका–२ धनवाङमा ११ घर र ८ गोठ जलेर नष्ट भएका हुन् ।

भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार स्वर्गद्वारीको पाटिखर्कमा जगंलको आगो निभाउँदा ३ जना घाइते समेत भएका छन् ।

स्वर्गद्वारी नगरपालिका–५ का वडा अध्यक्ष गिरबहादुर घर्तीले जगंलको डढेलो बस्तीमा पस्दा घर र गोठ जलेको बताए । स्थानीय, प्रहरी र नेपाली सेनाको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077