खोटाङ । बाल यौन दुर्व्यहारको आरोपमा पक्राउ परेका खोटाङको दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन ‘शुभम’ का संस्थापक मदन राईलाई थप ८ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
शुक्रबार जिल्ला अदालतले मदन राईलाई थप ८ दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिएको हो।
वैशाख २९ गते पक्राउ परेका राईमाथि अनुसन्धान गर्न अदालतले सुरूमा ७ दिने म्याद दिएको थियो। प्रहरीले अनुसन्धान नसकिएको भन्दै शुक्रबार फेरि उनलाई अदालतमा पेश गरेर म्याथ थप्न माग गरेको थियो।
सोही अनुसार अदालतले थप ८ दिन राईलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। राईमाथि आफैले सञ्चालन गरेको फाउन्डेसनमा रहेका बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप छ ।
Leave a Reply