Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • पूर्वगृहमन्त्री खाँण र रायमाझीसहित १६ जनालाई थप ३ दिन थुनामा राख्न अदालतको अनुमति

    पूर्वगृहमन्त्री खाँण र रायमाझीसहित १६ जनालाई थप ३ दिन थुनामा राख्न अदालतको अनुमति

    अनलाइन नेपाल
  • आइतबार, ७ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनालाई थप ३ दिन हिरासतमा अदालतले अनुमति दिएको छ ।

    नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री खाँणसहित १६ जनालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो ।



    पक्राउ परेका १६ जनालाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लगिएको थियो । पक्राउ परेकामाथि ५५ दिन लामो अनुसन्धान गरेर तयारी पारेको प्रतिवेदन प्रहरीले आज सरकारी वकिलको कार्यालयमा बुझाउँदैछ ।



    नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी,पूर्वगृहमन्त्री बालकृष्ण खाँण,सचिव टेकनारायण पाण्डे,पूर्वसांसद आङटावा शेर्पा,नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ,भुटानी शरणार्थी नेता टेकनाथ रिजाल,केशव दुलाल,सानु भण्डारी,टंक गुरूङ, सागर राई, सन्देश शर्मा,टोपबहादुरका छोरा सन्दीप,इन्द्रजित राई,खाँणका सयहोगी नरेन्द्र केसी,रामशरण केसी र गोविन्द चौधरीप्रहरी हिरासतमा छन् ।

    संगठित अपराध, ठगी, राज्यविरुद्धको अपराधलगायत विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुमाथि अनुसन्धान नसकिएको भन्दै थप समय हिरासतमा राख्न अनुमति माग गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार