Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई म्याद थपका लागि अदालत लगियो

    भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई म्याद थपका लागि अदालत लगियो

    अनलाइन नेपाल
  • आइतबार, ७ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई जिल्ला अदालत काठमाडौं लगिएको छ ।

    उनीहरूलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौं लगेको हो। म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा अहिले आरोपीहरू र मिसिल लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



    सरकारी वकिलको कार्यालयबाट उनीहरूलाई काठमाडौं जिल्ला अदालत लगिएको छ। प्रहरीको यो प्रकरणको अनुसन्धान प्रतिवेदन आजै जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ। सरकारी वकिलको कार्यालयले प्रतिवेदनमाथि २४ घन्टा अध्ययन गरेर जिल्ला अदालतमा मुद्दा दर्ता गर्नेछ ।



    नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन अध्ययन गर्न सरकारी वकिलको कार्यालयले ८ सदस्यीय टोली गठन गरेको थियो । पीडितहरूले दिएको बयानका आधारमा प्रहरीले चैत १२ गतेदेखि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरू गरेको थियो।

    पक्राउ परेका १६ जनासहित विभिन्न व्यक्तिसँग लिएको बयान तथा सोधपुछका आधारमा प्रहरीले अनुसन्धान प्रतिवेदन तयार पारेको हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी,पूर्वगृहमन्त्री बालकृष्ण खाँण,सचिव टेकनारायण पाण्डे,पूर्वसांसद आङटावा शेर्पा,नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ,भुटानी शरणार्थी नेता टेकनाथ रिजाल,केशव दुलाल,सानु भण्डारी,टंक गुरूङ, सागर राई, सन्देश शर्मा,टोपबहादुरका छोरा सन्दीप,इन्द्रजित राई,खाँणका सयहोगी नरेन्द्र केसी,रामशरण केसी र गोविन्द चौधरीप्रहरी हिरासतमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार