विराटनगर । कोशी प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्राध्यापक डिल्लीराम उप्रेतीले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उपाध्यक्ष उप्रेतीलाई आइतबार एक समारोहका बीच मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ ग्रहण गराएका हुन् ।
शुक्रवार कोसी प्रदेश सरकारको मन्त्री परिषद्को बैठकले योजना आयोगको उपाध्यक्षमा प्राध्यापक डिल्लीराम उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
महेन्द्र रत्न क्याम्पस ताहाचलमा कार्यरत रहेका उप्रेतीले त्रिभुवन विश्व विद्यालयको रजिस्ट्रार पदको जिम्मेवारी समेत पुरा गरेका छन् ।
सरकार गठन भएको ४ महिना पछि मात्र प्रदेशमा योजना आयोगको उपाध्यक्ष नियुक्त भएको हो ।
Leave a Reply