Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नीति तथा कार्यक्रमबाट ‘संघीयता’ शब्द हटाउनुपर्छ : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नीति तथा कार्यक्रमबाट संघीयता भन्ने शब्द हटाउनुपर्ने माग राखेका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद केसीले नीति तथा कार्यक्रमको पहिलो बुँदामा उल्लेखित संघीय लोकतान्त्रिक गणतन्त्र राज्य भनी उल्लेख गरिएकोमा आपत्ति जनाएको हुन् ।

सांसद केसीले भने, ‘हामीले संघीयताको पहिलो दिनदेखि नै विरोध गरिरहेका छौं, यो मुलुकले धान्न सक्दैन भनिरहेका छौं । यो सेतो हात्ती हो, यसले खास उपलब्धि दिन सक्दैन । विश्वका धेरै देशहरु संघीयतामा नजाँदा हुने तर नेपाल जानैपर्छ भन्ने छैन । त्यसैले संघीयता खारेज हुनुपर्छ, नीति तथा कार्यक्रमको सो बुँदा संशोधन हुनुपर्छ ।’

आफ्नो पार्टीले सुरुआति दिन देखिनै संघीयताको विरोध गरिरहेको र विपक्षमा उभिरहेको जनाउँदै संघीयता देशले धान्न नसक्ने हुँदा यो व्यवस्था नै खारेज गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077