Online Nepal
  • बुधबार, १० पुष २०८१
  • माधव नेपालको चेतावनी- हामीले चाहे मुलुकको राजनीतिक कोर्ष नै चेन्ज गर्न सक्छौं

    माधव नेपालको चेतावनी- हामीले चाहे मुलुकको राजनीतिक कोर्ष नै चेन्ज गर्न सक्छौं

    अनलाइन नेपाल
  • शनिबार, ६ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफुहरुले चाहे मुलुकको राजनीतिक कोर्ष परिवर्तन हुनसक्ने बताएका छन् ।

    आज (शनिबार) सिन्धुलीमाडीमा एकीकृत समाजवादी सिन्धुलीको सातौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले आफूहरुले चाहेमा सरकार ढाल्न सक्ने चेतावनी दिएका हुन् ।



    प्रतिनिधिसभा र राष्ट्रिय सभामा आफ्नो सिट संख्या जोड्दा चौथो शक्ति रहेको भन्दै संसदमा सिट संख्या कम भनेर आफूहरुलाई कम नआक्न पनि सत्ता गठबन्धनलाई चेतावनी दिए ।



    नेकपा एमालेलाई लक्षित गर्दै अध्यक्ष नेपालले धेरै सिट हुनेहरुको सरकार प्रदेससभामा लगातर ढलेको भन्दै कटाक्ष समेत गरेका थिए ।

    एकीकृत समाजवादी स्थापना भएको दुई वर्ष मात्र भएकाले आकार ठूलो जस्तो नदेखिए पनि देशभर संगठन फैलँदै गएको उनको जिकिर गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार