काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेट भएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठ र नेपाल भ्रमणमा रहेका एमसीसी उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीबीच शनिबार सिंहदरबारस्थित गृह मन्त्रालय शिष्टाचार भेट भएको हो ।
भेटका क्रममा ब्रुक्सले एमसीसी परियोजनाका लागि आवश्यक जग्गा प्राप्ति, सुरक्षा र समन्वयको काममा सहयोग गर्न आग्रह गरेका थिए ।
उपप्रधानमन्त्री श्रेष्ठले सो परियोजनालाई समयमै सम्पन्न हुनेगरी अघि बढाउनका लागि गृह मन्त्रालय र मातहतका प्रशासनिक निकायहरुको सहयोग रहने बताए ।
भेटमा उपाध्यक्ष ब्रुक्ससहितको टोलीले उपप्रधानमन्त्री श्रेष्ठसँग परियोजनाका बारेमा सामान्य ब्रिफिङ पनि गरेको थियो ।
Leave a Reply