एजेन्सी । अमेरिकाले युक्रेनलाई लडाकु विमान खरिद गर्न सहयोग गर्ने भएको छ ।
ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले राष्ट्रपति जो बाइडेनले जापानमा भइरहेको जी–७ सम्मेलनमा यो जानकारी दिएको बताएका छन् ।
जसमा अमेरिकामा बनेका एफ–१६ लडाकु विमान पनि पर्छन् । अमेरिकाले यो योजना स्वीकृत गरेपछि अन्य देशहरूले पनि आफ्ना एफ–१६ लडाकु विमान युक्रेनलाई दिन सक्नेछन् ।
यसअन्तर्गत अमेरिकाले सहयोगी राष्ट्रहरूबाट एफ–१६ स्पेयर पार्ट्स पुनः निर्यात गर्न अनुमति दिनुपर्नेछ।
युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले लामो समयदेखि पश्चिमा राष्ट्रहरूसित लडाकु विमानको माग गर्दै आएका छन् ।
Leave a Reply