Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गोकुलम आई लिगको फाइनलमा, साम्बाको उत्कृष्ट प्रदर्शन

काठमाडौं । नेपाली टोलीकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी साम्बाको उत्कृष्ट प्रदर्शनमा गोकुलम केरला एफसी भारतीय महिला लिगको फाइनलमा पुगेको छ ।

गोल मेसिस सावित्राले दुई गोल गर्नुका साथै दुई असिस्ट गरेपछि साविक विजेता गोकुलम केरलाले दोस्रो सेमिफाइनलमा शुक्रबार राति इस्टर्न स्पोर्टिङ युनियनलाई ५-१ ले हराउँदै फाइनल नजिक पुगेको हो । गोकुलमका लागि इन्दुमतिले पनि दुई गोल गरिन् भने एक गोल भिभिएन अडेजेईको नाममा रह्‍यो ।

यस्तै इस्टर्न स्पोर्टिङको तर्फबाट कमला देवीले गोल गरिन् । साम्बाको टोलीले उपाधिका लागि नेपाली टोलीकै सरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किकस्टार एफसीको सामना गर्नेछ ।

किकस्टार पहिलो उपाधि जित्ने योजना हुँदा गोकुलम भने उपाधि ह्याट्रिक गर्ने योजनामा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077