Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नागरिक उन्मुक्ति पार्टीले फिर्ता लियो नेपाल बन्दको निर्णय

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सर्वोच्च अदालतको फैसलाविरुद्ध घोषणा गरेको नेपाल बन्दको निर्णय फिर्ता लिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनकि गरिने फौजदारी विधेयक संसदमा टेबल भइसकेको जानकारी दिएको भन्‍दै नाउपाले सबै बन्दका कार्यक्रम फिर्ता लिइएको हो ।

विज्ञप्तिमा भनिएको छ, 'सरकार पक्षबाट सम्मानीय प्रधानमन्त्रीले सदनमै लाल आयोग प्रतिवेदन सार्वजनिक गरिने फौजदारी विधेयक संसदमा टेबुल भइसकेकोलगायत अन्य राजबन्दीको रिहाइ कानुन संशोधन गरेर भए पनि निकाल्ने प्रतिबद्धता जाहेर गर्नुभएको हुँदा सरकार पक्षसँग भएको सम्झौता सकारात्मक भएको महसुस नागरिक उन्मुक्ति पार्टीलाई भएकोले प्रेस विज्ञप्तिमा आहवान गरिएको नेपाल बन्दु कार्यक्रम अर्को सूचना नआउँदासम्म स्थगित गरिएको छ।'

पार्टी प्रवक्ता दामोदर पण्डितले प्रेस विज्ञप्ति जारी गर्दै जेठ ६ गतेदेखि आह्वान गरिएको नेपाल बन्दको कार्यक्रम स्थगित गरेको बताए ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीलाई सर्वोच्च अदालतले टीकापुर घटनामा जन्मकैद फैसलालाई सदर गरेपछि पार्टीले नेपाल बन्दको आह्वान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077