काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ ।
दशरथ रंगशालमा शुक्रबार भएको खेलमा आर्मी र खुमलटारले २-२ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।
आर्मीका लागि जगजित श्रेष्ठ र नवयुग श्रेष्ठले एक एक गोल गरे । खुमलटारका लागि भने दुई विदेशी खेलाडी मेसुके ओलोमोउ र स्टेफेन समिर विनोङले गोल गरे ।
बराबरीसँगै आर्मी १९ खेलबाट २६ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ। खुमलटार १९ खेलबाट १८ अंकसहित लिग तालिकाको पुछारमा छ।
Leave a Reply