काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार ९४४ जनामा गरिएको परीक्षणबाट ३० जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा १३ जना संक्रमण मुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ८९ मा झरेको छ ।
आजसम्म आठजना अस्पतालमा भर्ना भएका छन्, तीमध्ये एकजना आइसीयु एकजना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
Leave a Reply