Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति पौडेलले भने - अर्थतन्त्र सुदृढीकरणमा समग्र ध्यान केन्द्रित गर्नुपर्छ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएका कदमकै कारण सबै क्षेत्रमा सकारात्मक उपलब्धि देखिन थालेको बताएका छन् ।

शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

उनले भने, ‘अर्थतन्त्र सकारात्मक लयमा फर्किन थालेको छ । बैंक ब्याजदरमा सुधार, विदेशी मुद्रा सञ्चितमा सुधार आएको छ । विकास निर्माणले गतिलिन थालेको छ ।’

अहिले राष्ट्रपति पौडेलले संघीय संसदको दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गरिरहेका छन् । राष्ट्रपति पौडेलले सरकारको ध्यान अर्थतन्त्रमा केन्द्रित हुनुपर्ने बताए।

उनले संघीय लोकतान्त्रीक गणतन्त्र संस्थागत हुँदै गएको बताए । पौडेलले सरकारको नीति तथा कार्यक्रममा मानव विकासको सूचकांकमा पछि परेका सुदूरपश्चिम र मधेश सरकारलाई प्राथमिकतामा राखिने बताए ।

नीति तथा कार्यक्रममार्फत् राष्ट्रिय समन्वय परिषद्लाई क्रियाशिल बनाइने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077