Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही हुनुपर्छ : जितेन्द्रनारायण देव

    नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही हुनुपर्छ : जितेन्द्रनारायण देव

    अनलाइन नेपाल
  • शुक्रबार, ५ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोकोहीलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

    शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य देवले यस्तो बताएका हुन् ।



    उनले भने, ‘हाम्रो मुलुकमा भ्रष्टाचार संस्थागत छ, भ्रष्टाचार नियन्त्रणका लागि निडर र निष्पक्ष भएर काम गर्न वर्तमान सरकारलाई पनि आग्रह गर्न चाहन्छु ।’



    राष्ट्रियसभा सदस्य देवले शरणार्थी प्रकरणमा राजनीतिक हस्तक्षेप हुन नदिन सरकारलाई आग्रह गरे । यो अनुसन्धानमा नेपाल प्रहरीमाथि कुनै पनि खालको हस्तक्षेप स्विकार्य नहुने उनले बताए ।

    भ्रष्टाचार नियन्त्रणमा सरकार र प्रमुख राजनीतिक शक्तिहरुले काम गरे अग्रगमनको बाटो सुरक्षित हुने उनको भनाई छ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्ष, स्वतन्त्र, कानुनसम्मत हुनुपर्ने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार