Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टिआरसी विधेयकमा सहमति जुटाउन उपसमिति गठन

काठमाडौं । संसदको कानुन न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्न उपसमिति गठन गरेको छ ।

सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि सहमति जुटाउन संसदीय समितिले ११ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो ।

बैठकले ११ सदस्यीय उपसमिति बनाएको हो, जसमा कांग्रेस र एमालेका दुई–दुई जना छन् भने अरु ८ दलका एकएक जना छन् ।

उपसमितिमा सुवासचन्द्र नेम्वाङ, महेश बर्तौला, रेमश लेखक, जीवन परियार, सुशील थिङ, सन्तोष परियार, गोमा लाभ सापकोटा, पूर्णबहादुर घर्ती, रञ्जुकुमारी झा ,ध्रुवबहादुर प्रधान र शेरबहादुर कुँवर छन् ।

उपसमितिलाई प्रतिवेदन बुझाउन ३ साताको समय दिइएको छ । अब यो विधेयकमाथि उपसमितिमा छलफल हुनेछ भने विषय विज्ञसँग पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077