Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिममा नाउपाबाट रामेश्वर र लक्ष्मणकिशोर मन्त्री बन्दै

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीका रुपमा पठाउने प्रदेशसभा सदस्यको नाम टुंग्याएको छ ।

नागरिक उन्मुक्ति पार्टीले सांसद रामेश्वर चौधरी र लक्ष्मण किशोर चौधरीलाई सुदूरपश्चिम प्रदेश सरकारमा पठाउने निर्णय गरेको हो ।

रामेश्वरलाई सामाजिक विकास र लक्ष्मण किशोरलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा पठाउने निर्णय भएको नागरिक उन्मुक्ति संसदीय दलका नेता घनश्याम चौधरीले बताए ।

मन्त्री बनाउनका लागि नागरिक उन्मुक्तिले संसदीय दलका नेता र प्रमुख सचेतकको जिम्मेवारी समेत फेरबदल गरेको छ ।

यसअघि दलको नेतामा रामेश्वर र प्रमुख सचेतकमा लक्ष्मण किशोर रहेका थिए । प्रमुख सचेतकको जिम्मेवारी हाल खुसीराम चौधरीले पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077