Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • सिटी होटलको आइपिओ बाँडफाँट

    सिटी होटलको आइपिओ बाँडफाँट

    अनलाइन नेपाल
  • शुक्रबार, ५ जेष्ठ २०८०
  • 699
    SHARES

    फाइल फोटो

    काठमाडौं । सिटी होटलको आइपिओ आज बाँडफाँट भएको छ।

    बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत १ लाख ३५ हजार ५९४ जनाले १० कित्ताका दरले सेयर पाएका छन्।



    उक्त आइपिओमा १० लाख ९२ हजार ६६७ जनाले आवेदन दिएकोमा १० लाख ८७ हजार ६७५ जनाको आवेदन बाँडफाँटका लागि योग्य भएको थियो ।



    कम्पनीले वैशाख २५ गतेदेखि २८ गतेसम्म उक्त आइपिओ निष्कासन गरेको थियो। कम्पनीले जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात् १६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता सेयर निष्कासनका लागि छुट्याएको थियो।

    सोमध्ये १ लाख ६७ हजार ४०० कित्ता सेयर कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आइपीओ निष्कासन गरेर बाँडफाँट गरिसकेको छ।

    यस्तै, ८३ हजार ७०० कित्ता सेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याएपछि बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयर कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरेको हो।

    लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार