Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लडाकु शिविरमा भ्रष्टाचार भएकै हो, तर सुप्रिमोहरुलाई लाग्ला डकैतीलाई भ्रष्टाचार भन्न मिल्छ ? : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लडाकु शिविरमा खुलेआम भ्रष्टाचार भएको बताएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले सो कुरा खुलासा गरेका हुन् ।

उनले लडाकु शिविर प्रकरणमा ७/८ हजारको हाराहारीमा रहेको लडाकुहरुलाई ३२-३३ हजार पुर्याएको कुरा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आफैले हुंकारका साथ बोलेको अडियो सामाजिक संजालमा सुरक्षित रहेको बताए ।

वास्तविक लडाकु ७(८ हजार मध्ये केहीलाई शिविरमा राखेर अरु बाँकीलाई वाईसियलका रुपमा राजनीतिक रुपमा परिचालित गरेको तथ्य अहिले माओवादीबाट बाहिरिएका धेरैले बोल्ने गरेको उनको भनाई छ ।

शिविरमा रहेकाहरुले वुझ्नेगरेको भत्ताको चेक उनीहरुका कमाण्डरले खोसेर राख्ने गरेको कुरा त्यहाँ बस्ने लडाकुहरु धेरैले धेरैपटक उठाउँदै आएको कुरा भएको उनी बताउँछन् ।

'अनमिनले प्रमाणिकरण गरेकाहरु मध्ये धेरैजसो समायोजनमा नगएर स्वेच्छिक अवकास रोजेर राज्यवाट ठुलो रकम प्राप्त गरेकै हुन् । यी सवै तथ्यहरुवाट राज्यले कति अनुचित आर्थिक भारवोक्नु पर्यो र लडाकुको नाममा राज्यले उपलव्ध गराएको सहयोग कसरी उनीहरुका कमाण्डरहरुले लुटे र कसकसलाई वुझाए भन्ने कुरा खोजिगर्दा लुक्न सक्ने कुरा होइन,' महासचिव पोखरेलले भने ।

'तर पनि प्रचण्डजीहरु अझै पनि ठुलो स्वरमा हुंकार दिइनै रहेका छन् लडाकु शिविरमा कुनै भ्रष्टाचार भएको छैन, अनियमितता भएको छैन । हो नि लुकेर गरेको भए पो भ्रस्टाचार र अनियमितता हुन्थ्यो । त्यो राज्य माथिको खुलेआम लुट थियो, डकैती थियो । अनि माओवादीका सुप्रिमोहरुलाई लागिरहेको पनि होला खुलेआम लुट र डकैतीलाई भ्रस्टाचार भन्न मिल्छ र ? तर पनि नेपाली जनताले शान्तिका नाममा ती सवै कुरालाई आजसम्म सहदै आएका छन् । सत्य यही हो,' उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077