Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

को हुन् कांग्रेस सभापति देउवापुत्र जयवीरसँग इन्गेजमेन्ट गरेकी शिवाना ?

काठमाडौं । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह अहिले एकाएक चर्चामा छन् । इन्स्टाग्राममा उनी र एक युवती औंठी साटेर रोमान्टिक मूडमा बसिरहेको तस्वीर सार्वजनिक भएसँगै चर्चा हुन थालेको हो ।

कभर सिंगर शिवाना श्रेष्ठ र जयवीरसिंहले औंठी साटेको तस्वीर शिवानीकी आमा प्रतिभा श्रेष्ठले इन्स्टाग्राम स्टोरीमार्फत सार्वजनिक गरेकी छन् ।

उनीहरूले गत जेठ १ गते काठमाडौंमा एक समारोहबीच इन्गेजमेन्ट गरेको बताइएको छ । यति बेला देउवाका छोरा जयवीरसँग इन्गेजमेन्ट गर्ने शिवाना को हुन् भन्ने सबैलाई खुलदुलीको विषय बनेको छ ।

शिवाना पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी हुन् । केदारभक्त परराष्ट्र सचिवसँगै युरोपियन युनियन र अमेरिकाका लागि नेपाली राजदूत थिए ।

केदारभक्त परराष्ट्र सेवामा प्रवेश गरे पनि उनका दाइ इन्द्रभक्त उद्योगपति थिए । इन्द्रभक्तका छोरा रविभक्त नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत हुन् । शिवाना केदारभक्तका छोरा सञ्जीवभक्त श्रेष्ठकी कान्छी छोरी हुन् । शिवाना सौन्दर्य सामग्री (ब्युटी(प्रडक्ट) को व्यापारमा छिन्।

शिवाना कभर गायक पनि हुन् । पारिवारिक स्रोतका अनुसार उनीहरूको जेठ १ गते काठमाडौंमा औंठी साटासाट भएको र बिहे माघमा गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077