काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब संकटा क्लबसँग बराबरीमा रोकिएको छ ।
च्यासल रंगशालामा भएका खेलको पहिलो हाफमा लिएको १–२ को अग्रता जोगाउन नसक्दा बराबरी खेलेको हो ।
मनाङका लागि दुवै गोल कोफी कोउडोले गरे । उनले १९औं र ४५औं मिनेटमा गोल गरे । संकटाका युसेफ एट्रिस र मनिष डाँगीले एक एक गोल गरे ।
यस बराबरीसँगै मनाङले १९ खेलमा २३ अंक जोड्दै सातौं स्थानमा उक्लिएको छ । संकटा १९ खेलबाट २२ अंकसहित नवौँ स्थानमा उक्लेको छ ।
Leave a Reply