Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डलाई चित्रबहादुर केसीको प्रश्न - पहिलो विदेश भ्रमण भारतबाटै गर्नुपर्ने के बाध्यता आयो ?

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नेपालमा नयाँ प्रधानमन्त्री हुँदा पहिलो विदेश भ्रमण किन भारतबाटै हुनुपर्ने किन हो भनी प्रश्न गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'संगको प्रश्नत्तोरमा सांसद केसीले उनलाई प्रश्न सोधेका थिए। प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले त्यस्तो कुनै बाध्यता नभएको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालमा त्यस्तो कुनै बाध्यता छैन । बाध्यता छैन भन्ने प्रश्नको जवाफ पहिलोपटक म प्रधानमन्त्री हुँदा व्यावहारिक रूपमै दिइसकेको छु । भारतसँग खुला सिमाना, सामाजिक आर्थिक, सांस्कृतिक पक्षलाई हेरेर भारतको भ्रमण हुने गरे पनि कुनै बाध्यता छैन । त्यो कुरा प्रमाणित गरिसकिएको छ ।’

आफूले पहिलोपटक प्रधानमन्त्री हुँदा उक्त परम्परा तोडिसकेको पनि उनले जानकारी गराए ।

त्यस्तै,प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा देशको राष्ट्रिय हित, राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता हुन नदिने बताए ।

उनले आफूहरु नेपालको एक इन्च जमिन पनि छोड्न नसक्ने स्पष्ट पार्दै सोही मान्यताभित्र रहेर भारतसँग कुराकानी हुने बताए । उनले ईपिजी प्रतिवेदन बुझ्ने, नबुझ्ने सम्बन्धमा भने भ्रमण अघि केही भन्न नसकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077