Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • भ्रष्टाचार गर्न ठूला दलहरुबीच सर्वदलीय सहमति छ : राजेन्द्र लिङ्देन

    भ्रष्टाचार गर्न ठूला दलहरुबीच सर्वदलीय सहमति छ : राजेन्द्र लिङ्देन

    अनलाइन नेपाल
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार गर्न ठूला दलका नेताहरुबीच सर्वदलीय सहमति रहेको बताएका छन् ।

    काठमाडौंको वसन्तपुरमा राप्रपाले आयोजना गरेको भ्रष्टाचारविरुद्ध विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् ।



    अध्यक्ष लिङदेनले भने,‘ठूला भ्रष्टाचारका काण्डहरुमा सबै दलका ठूला दलका नेताहरुको संलग्नता भएकै कारण जतिसुकै भ्रष्टाचार मुद्दा सार्वजनिक भए पनि आयोग गठन गर्ने, अनुसन्धान गर्ने नाममा फासफुस बनेर गएका छन् । त्यसैले अहिलेसम्म सबै भ्रष्टाचारका काण्डहरुमा ठूला दलको संलग्नता छ । सर्वदलीय सहमति जस्तो छ भनेर हामीले भन्दै आएका थियौं । अहिले यो प्रमाणित भएको छ ।’



    अध्यक्ष लिङ्देनले अहिलेसम्म सबै भ्रष्टाचारका काण्डहरुमा ठूला दलको संलग्नता रहेको समेत दाबी गरे ।

    अध्यक्ष लिङ्देनले ठूला भ्रष्टाचारको काण्डमा सबै दलको ठूला नेताहरुको संलग्नता रहेको आरोप लगाएका छन् । उनले भ्रष्टाचारमा ठूला दलहरुको सर्वदलीय सहमति जस्तो रहेको जिकिर गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार