Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • भ्रष्टाचारलाई अब कुनै किसिमबाट पनि छुट दिइनु हुँदैन : प्रधानमन्त्री प्रचण्ड

    भ्रष्टाचारलाई अब कुनै किसिमबाट पनि छुट दिइनु हुँदैन : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 456
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवश्यक परे भ्रष्टाचार नियन्त्रणका लागि ऐन संशोधन गर्नुपर्ने बताएका छन् ।

    बिहीबार प्रतिनिधिसभा बैठकमा लोसपाका सांसद सर्वेन्द्रनाथ शुक्लले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रष्टाचारलाई कुनै किसिमबाट पनि छुट दिइनुहुँदैन र भ्रष्टाचारविरुद्ध शून्य शहनशिलताको नीतिको प्रभावकारी कार्यान्वयन गरी सबै प्रकारका अनियमितता, विकृति र विसंगतिलाई अन्त्य गर्ने दृढ इच्छाशक्तिका साथ सरकार अगाडि बढेको छ ।’



    प्रधानमन्त्री प्रचण्डले कतिपय सन्दर्भमा नक्कली भुटानी शरणार्थी प्रकरणलाई मात्रै सरकारले ध्यान दिएको छ कि भन्ने किसिमले प्रचार गरिएपनि त्यो मात्रै नभएर तमाम ठुलठुला भ्रष्टाचारका घटनामा पनि सरकारको ध्यान गएको बताए ।

    प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारका विषयमा आवश्यक परे ऐनहरु संशोधन र निर्माण गर्न पनि जरुरी रहेको भन्दै मुलुक आर्थिक सांस्कृति रुपले गुज्रिरहेको र त्यसको कारण भ्रष्टाचारनै रहेको बताए ।

    उनले राजनीतिक दलहरुलाई समेत आफूलाई सच्चाउने ठुलो अवसर रहेको भन्दै देश विकास र सम्मृद्धिका लागि सबै लाग्न जरुरी रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार