Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – विगतमा भएका भयानक हत्याकाण्डको छानबिन हुनुपर्छ

    प्रधानमन्त्री प्रचण्डले भने – विगतमा भएका भयानक हत्याकाण्डको छानबिन हुनुपर्छ

    अनलाइन नेपाल
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 651
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौरहत्याकाण्डदेखि दरबार हत्याकाण्डको नयाँ शीराबाट छानबिन हुनुपर्ने बताएका छन् ।

    संसद बैठकमा स्वतन्त्र सांसद प्रभु साहले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले विगतमा भएका सबै विभत्स र भयानक हत्याकाण्डहरूको नयाँ शीराबाट छानबिन हुनुपर्ने बताएका हुन्।



    प्रधानमन्त्री प्रचण्डले भने,’म चाही के पक्षमा छु भने विगतमा भएका सबै विभत्स र भयानक हत्याकाण्डहरूको नयाँ शीरबाट छानबिन हुनुपर्छ। चाहे त्यो गौरहत्याकाण्ड केस होस् चाहे त्यो भयानक दरबार हत्याकाण्ड होस्।’



    ती हत्याकाण्डहरू बिर्साउने कोशिस भइरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यसमा सबै गम्भीर हुनुपर्ने बताए। प्रधानमन्त्री प्रचण्डले मदन आश्रितको बारेमा नयाँ शीराबाट छानबिन हुनुपर्ने बताए।

    गौरमा तत्कालीन मधेशी जनअधिकार फोरमले माओवादी कार्यकर्ताहरुको विभत्स हत्या गरेको घटनाको कहिले छानबिन हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्रीले दरबार हत्याकाण्ड र दासढुंगा दुर्घटनाको विषय कोट्याएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार