Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • हाम्रो भूमि एक इन्च मिच्न दिँदैनौं, अरुको पनि मिच्दैनौं : प्रधानमन्त्री प्रचण्ड

    हाम्रो भूमि एक इन्च मिच्न दिँदैनौं, अरुको पनि मिच्दैनौं : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 423
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग सीमा समस्या समाधानका लागि पहल गर्ने बताएका छन् ।

    प्रतिनिधिसभामा जारी प्रश्नोत्तरका क्रममा रघुजी पन्तले प्रधानमन्त्री भारत भ्रमणबारे गरेको प्रश्नको जवाफ दिँदै उनले नेपालको एक इन्च पनि सीमा मिच्न नदिने बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले नेपालको भूमि एक इच पनि मिच्ने नदिने र नेपालले अरुको भूमि पनि एक इच पनि नमिच्ने बताए ।



    उनले भने, ‘ईपीजी रिपोर्टदेखि लिएर सीमा समस्यासँग सम्बन्धी विषयमा हामीले हाम्रो एक इन्च जमिन छाड्न सक्दैनौं । हामीलाई छिमेकीको एक इन्च जमिन पनि चाहिँदैन । नेपालका सबै राजनीति दल र सदन एकमत छौं ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार