Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई प्रश्न – भुटानी शरणार्थी प्रकरणमा भिभिआइपी संलग्न भए के गर्नुहुन्छ ?

    प्रधानमन्त्री प्रचण्डलाई प्रश्न – भुटानी शरणार्थी प्रकरणमा भिभिआइपी संलग्न भए के गर्नुहुन्छ ?

    अनलाइन नेपाल
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 660
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली शरणार्थी प्रकरणमा जोसुकै मुछिए पनि कानूनी कारवाहीको दायरामा आउने बताएका छन् ।

    प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    सांसद कुँवरले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने नाममा भएको ठगीधन्दामा शीर्ष नेताहरूकै नाम आइरहेकोले यो विषय प्रष्ट पार्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका थिए ।



    जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘यो विषय अहिलेको चर्चामा रहेको र संवदेशनशील विषय हो। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने अपराधको निष्पक्ष अनुसन्धान गरी प्रमाणका आधारमा दोषी देखिएका जुनसुकै तहका पदाधिकारी तथा व्यक्तिलाई कानूनी दायरामा ल्याउन यो सरकारले कुनै कसर बाँकी राखेको छैन। बाँकी राख्ने पनि छैन।’

    प्रधानमन्त्री प्रचण्डले सरकारले यो प्रकरणमा दोषी देखिएका भीआईपी र भीभीआईपीलाई पनि नछाड्ने बताए । निष्पक्ष छानबिनका लागि सरकार अघि बढेको भन्दै उनले यो विषय सबै दलका निम्ति संवेदनशील रहेको पनि बताए ।

    नेपाल प्रहरीको अनुसन्धान कार्यमा कुनै निकायबाट पनि हस्तक्षेप नभएको बताए। यो प्रकरणमा भिआइपी र भिभिआइपी पनि परिरहेको र त्यसमा स्वतन्त्र छानबिन भइरहेको उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार