Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष ढंगले अनुसन्धान हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष ढंगले अनुसन्धान हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 717
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई नछोड्ने बताएका छन् ।

    सदनमा सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए जुनसुकै तहका व्यक्तिलाई पनि कारबाही गर्ने बताएका हुन्।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘दोषी कोही पनि उम्कन नपाओस्, निर्दोष कोही पनि नपरोस् भन्ने हाम्रो जोड छ। जुनसुकै तहका व्यक्ति भए पनि कानुनको दायरमा आउँछन्। भिआइपी र भिभिआइपीहरूलाई पनि कारबाही हुन्छ। यसलाई अन्तिम निष्कर्षमा पुर्‍याउछौं।’



    प्रधानमन्त्री प्रचण्डले दोषीलाई कानुनी कारबाहीमा ल्याउन कुनै कसुर बाँकी नराखेको बताए।

    प्रहरीको छानबिनमा कुनै तहबाट पनि हस्तक्षेप नभएको र हुन पनि नदिने प्रस्टाए। गृहमन्त्रीलाई पनि निष्पक्षताका साथ अगाडि बढ्न निर्देशन दिएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार