Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • विद्यार्थी विदेश पढ्न जाँदा ९ महिनामा ६७ अर्ब १९ करोड बाहिरियो : प्रधानमन्त्री प्रचण्ड

    विद्यार्थी विदेश पढ्न जाँदा ९ महिनामा ६७ अर्ब १९ करोड बाहिरियो : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 507
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सरकारी विद्यालय सुधार गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न गरेकी छन्।

    प्रतिनिधिसभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका क्रममा कांग्रेस सांसद न्यौपानेले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले विदेश पढ्न जाने विद्यार्थीमार्फत् चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ६७ अर्ब १९ करोड रकम बाहिरिएको बताए । सांसद न्यौपानेले एक वर्षमा रमिट्यान्स कति भित्रन्छ भन्ने पनि प्रश्न गरेकी थिइन्।



    मल कारखाना खोल्ने नीति के छ जस्ता प्रश्न उनको थियो। सांसद न्यौपानेको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०७९/२०८० को पहिलो ९ महिनामा नेपाली विद्यार्थी विदेशमा पढ्न जाँदा रू ६७ अर्ब १९ करोड बाहिरिएको जानकारी दिए।

    यस्तै यो अवधिमा रू ९०३ अरब ३९ करोड रेमिट्यान्स प्राप्त भएको र यो गत वर्षको भन्दा २४.२ प्रतिशत वृद्धि भएको प्रधानमन्त्री प्रचण्डले बताए । उनले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा दिन सरकार प्रतिबद्ध रहेको बताए। विद्यालयको संरचनागत र भौतिक सुधारमा स्थानीय सरकारसँग समन्वय गरी अघि बढ्ने उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार