Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्रीलाई प्रश्न सोध्ने सांसद धेरै भएपछि प्रतिनिधिसभाको नियम निलम्बन

    प्रधानमन्त्रीलाई प्रश्न सोध्ने सांसद धेरै भएपछि प्रतिनिधिसभाको नियम निलम्बन

    अनलाइन नेपाल
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 582
    SHARES

    काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न सोध्ने सांसद संख्या धेरै भएपछि प्रतिनिधिसभा नियमावली नियम निलम्बन गरिएको छ ।

    प्रतिनिधिसभा नियमावली २०७९ को नियम ५६ को उपनियम ५ एकदिनका लागि निलम्बन गरेर २० जना सांसदले प्रश्न सोध्न सक्ने बनाइएको हो ।



    सो उपनियममा प्रधानमन्त्रीलाई एक दिनको बैठकमा बढीमा १५ जनाले मात्र प्रश्न सोध्न पाउने व्यवस्था रहेकोले विशेष परिस्थिका कारण आजको एउटा बैठकका लागि मात्रै प्रतिनिधि सभाले सो नियम निलम्बन गरेको छ ।



    कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रतिनिधि सभा नियमावली २०७९ को नियम ५६ को उपनियम ५ निलम्बनको प्रस्ताव गरेका थिए । एमालेका सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियारले सो नियम निलम्बनको समर्थन गरेका थिए ।

    सो नियम निलम्बनको प्रस्ताव सभाले सर्वसम्मतले पारित गरेपछि प्रधामन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार