काठमाडौं । प्रतिनिधिसभा बैठक निर्धारित समयभन्दा दुई घण्टा ढिलो गरी सुरु भएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बस्ने तय भएको बैठक केहिबेर अघि सुरु भएको हो ।
आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिने कार्यतालिका रहेको छ ।
साथै, प्रधानमन्त्रीले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन’ पनि पेश गर्ने छन् ।