काठमाडौं । ११ बजेका लगि बोलाइएको प्रतिनिधिसभा बैठक साढे १२ बज्दा समेत सुरु हुन सकेको छैन ।
आज बस्ने संसद बैठकमा सांसदहरूले सोधेको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिने कार्यसूची छ ।
बैठक तोकिएको समयमा प्रधानमन्त्री ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरे छलफलमा जुटेका छन् ।
उनीहरूबीचको छलफल सकिएपछि बैठक सुरू हुने बताइएको छ ।