Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • तारकेश्वरमा बससँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, १० जना घाइते

    तारकेश्वरमा बससँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, १० जना घाइते

    अनलाइन नेपाल
  • बुधबार, ३ जेष्ठ २०८०
  • 876
    SHARES

    काठमाडौं । तारकेश्वर नगरपालिकाकोको जरंखुमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा जोगन्द्र प्रसाद गुप्ता रहेका छन् । गम्भीर घाइते भएका उनको बसुन्धारास्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।



    बुधबार दिउँसो तारकेश्वर रुटमा चल्ने बसले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । मोटरसाइकललाई ठक्कर दिएको बस रेलिङ भत्काएर शेषमती खोलामा खसेको थियो।



    तीव्र गतिका कारण दुर्घटना हुँदा बसमा सवार १० जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार