Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली शरणार्थी प्रकरणलाई ढाकछोप गरे कांग्रेसको अवस्था नाजुक हुन्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरण ढाकछोप गरिए मुलुकलाई घात हुने बताएका छन् ।

बुधबार राजधानीमा आयोजित विचार समाजको महाधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । नेता कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमाथि भइरहेको छानबिन कमजोर बनाउने प्रयास भइरहेको बताए ।

नेता कोइरालाले भने,'यसलाई ढाकछोप गर्न खोजियो भने कांग्रेसको अवस्था के हुन्छ भन्ने म भन्न सक्दैनँ। कांग्रेसकै मात्रै नभएर देशको अवस्था नाजुक भएर जान्छ। यो मुद्दा नेपालभित्र मात्रै सीमित छैन। यो अन्तराष्ट्रियकरण भइसकेको छ। नेपालका प्रहरीले जुन तागत पाइसकेका छन् त्यो त्यसै आएको होइन भन्ने पनि बुझौं।'

उनले नक्कली भुटानी शरणार्थी प्रकरणले देशकै शीर निहुरिएको र राष्ट्रघाती काम भएको भन्दै घटनाका दोषीलाई कुनै पनि हालतमा छोड्न नहुने बताए। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिसकेकाले बालकृष्ण खाँणलाई पार्टीले निलम्बन गर्नुपर्ने उनको भनाई छ ।

कांग्रेसका नेताहरू नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिँदा पार्टीको गरिमामा आँच आएको उनको भनाइ छ । शरणार्थी प्रकरण लज्जास्पद र राष्ट्रघाती रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077